माघ १२, पहिलो नेपाल – केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार क्याम्पस धरानमा अखिल एकता कप फुटबल प्रतियोगिता सुरु भएको छ । साबिक अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) विचको ऐतिहासिक एकता भएको उपलक्ष्यमा अखिल एकता कप सुरु गरिएको हो ।
प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय सदस्य खेल रानापाईलीले उद्घाटन गरेको प्रतियोगितामा आज एक खेल भएको छ । उद्घाटन खेलमा फिजिक्स ‘ए’ ले न्युट्रीसियन ‘ए’ लाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ । फिजिक्सलाई जित दिलाउन सागर थापाले ह्याटि्रक गरेका थिए। उनी म्यान अफ दि म्याच समेत भए । त्यस्तै भेसाङ लिम्बुले २ गोल गरे ।
प्रतियोगितामा जम्मा १२ खेल हुनेछ । उद्घाटन कार्यक्रममा अनेरास्ववियू सुनसरी जिल्ला संयोजक जिवि गजल, विद्यार्थी कल्याणकारी प्रमुख अर्जुन घिमिरे लगायतको सहभागीता रहेको थियो ।