• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

महेन्द्र मोरङ क्याम्पसमा तात्यो स्ववियु चुनावको माहोल, अनेरास्ववियूले थाल्यो संगठन विस्तार कार्यक्रम

by पहिलो नेपाल
१३ माघ २०७६, सोमबार १७:३२

माघ १३, पहिलो नेपाल – महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्ववियु चुनावको माहोल तातिएको छ। त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने निर्णय गरेसँगै विभिन्न विद्यार्थी संगठनहरु आफ्नो पकडमा विद्यार्थीहरु ल्याउन लागिरहेका छन् ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा विषेशगरि नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र काङ्ग्रेस निकट विद्यार्थी संगठन नेविसंघ स्ववियु चुनावको तयारीमा जुटिरहेको अवस्था छ । त्यसैअनुसार विद्यार्थीहरु माझ आ-आफ्नो संगठनको परिचय सहित ठूलो जमात लिएर संगठनमा आवद्ध नेताहरु क्याम्पस परिसरमा डुलिरहेला छन्। २०६५ सालदेखि महेन्द्र मोरङ क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन्। स्ववियु चुनाव नहुँदा क्याम्पसमा व्यापक अनियमिता भैरहेकोले जसरी भएपनी चुनाव गराउनु पर्ने विद्यार्थी संगठनका नेताहरु बताउँछन्।

पुर्वाञ्चलकै गरिमा बोकेको यस क्याम्पसमा पछिल्लो समय विभिन्न निजि कार्यक्रमहरु ल्याएकोले विद्यार्थीहरुको संख्या उल्लेखनीय छ।

अनेरास्ववियूद्वारा संगठन विस्तार अभियान सुरु

यसैबीच स्ववियु चुनाव नजिकै आएसँगै अनेरास्ववियूले संगठन विस्तार अभियान सुरु गरेको छ। संगठन विस्तार अभियानको सुरुवाती चरणमा सोमबार विभिन्न तीन वटा कक्षा कमिटी गठन गरेको छ । बिएसडब्ल्यु प्रथम वर्ष र बिबिएस प्रथम वर्ष अन्तर्गत सेक्सन ‘ए’ र सेक्सन ‘बि’ गरि तिनवटा कक्षा कमिटी गठन भएको छ। बिएसडब्ल्यु प्रथम वर्षमा अश्लेष ढकालको अध्यक्षतामा २१ जनाको कमिटी गठन भएको छ। जसमा उपाध्यक्ष केनिश कुमार यादव , सचीवमा अनु श्रेष्ठ , सह सचिवमा मनिसा नेपाली रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सुस्मिता खनाल रहेकी छन्।

यसैगरी बिबिएस प्रथम वर्ष अन्तर्गत सेक्सन ‘ए’ मा अस्मिता खतिवडाको अध्यक्षतामा ३० सदस्यीय कमिटी गठन भएको छ। जसमा सचिव गोबिन्द भण्डारी , कोषाध्यक्ष मुकेश कुमार शाह, उपाध्यक्ष आनन्द शाह र सह सचिवमा किस्मिता कार्की र सारद रिजाल रहेका छन् । त्यस्तै सेक्सन ‘बि’ मा श्रेया पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ । जसमा उपाध्यक्ष सुभास महतो र विनोद कुमार यादव, सचिव प्रदीप नेपाल , सह सचिव सृष्टि लुइँटेल र कोषाध्यक्षमा सुनिता खत्री रहेकी छन्।

योसँगै अनेरास्ववियूले मंगलबार महेन्द्र मोरङ क्याम्पसको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम समेत राखेको छ। मंगलबार बिहान ९ बजे बाट क्याम्पसको समिक्षालयमा हुने कार्यक्रममा विभिन्न छलफल तथा नेताहरुद्वारा प्रशिक्षण समेत हुने अनेरास्ववियूका नेता जोसेफ घिमिरेले जानकारी दिए । संगठन विस्तार कार्यक्रममा अझै केहिदिन जारी रहने समेत उनले बताए । कार्यक्रममा अनेरास्ववियूका नेताहरु निर्मल भण्डारी , जोसेफ घिमिरे , अभिमन्यु यादव, नवीन पहाडी , उमेश डुङ्गाना लगायतको उपस्थिति थियो ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ माघ २०७६, सोमबार १७:३२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ माघ २०७६, सोमबार १७:३२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ माघ २०७६, सोमबार १७:३२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ माघ २०७६, सोमबार १७:३२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ माघ २०७६, सोमबार १७:३२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ माघ २०७६, सोमबार १७:३२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ माघ २०७६, सोमबार १७:३२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.