माघ २४, पहिलो नेपाल – अनेरास्ववियूका प्रभावशाली नेता ओसिम आलमले नेविसंघलाई स्ववियु चुनावबाट डराएर नभाग्न आग्रह गरेका छन्। नेविसंघका तदर्थ समितिका सभापति राजिव ढुंगानाको गृहजिल्ला सुनसरीमा पुगेर नेता आलमले देशकै ठूलो लोकतान्त्रिक पार्टीले स्ववियु चुनावमा डराएर भाग्न नहुने बताएका हुन्।
शुक्रवार धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस धरानमा आयोजित एक कार्यक्रममा बोल्दै अनेरास्ववियूका नेता आलमले स्ववियु विद्यार्थीको हित र कल्याणको लागि रहेकोले नेविसंघलाई चुनावमा सहभागी हुन आग्रह गरे। साथै उनले भने, ‘ देशमा नियम कानुन ठुला माछालाई पनि उत्तिकै लाग्छ भन्ने गतिलो उदाहरण पछिल्लो पटक केही ठुला माछालाई लागेको मुद्दाले प्रष्ट पारेको छ।’ नेता आलमले शिक्षा क्षेत्रका माफियाहरु जो नियम कानुन मान्दिन भन्छन् उनिहरुलाई पनि थुन्नुपर्ने बताए ।
उनले देशमा नियम कानुन पनि छ भन्ने अनुभुती भएकोले अब शिक्षा र स्वास्थ क्षेत्रका माफियाहरुलाई पनि जेल लग्नुपर्ने बताए।