• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मन्त्री घिमिरेलाई भारतमा नोबेल सिटिजन अवार्डबाट सम्मानित

by पहिलो नेपाल
२५ माघ २०७६, शनिबार १९:३८

माघ २५, पहिलो नेपाल – प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भारतमा नोबल सिटिजन अवर्डबाट सम्मान गरिएको छ। प्रोजेक्ट १०० नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भारतको नयाँदिल्ली स्थीत कन्स्टिट्युसन क्लब अफ इन्डियामा फेब्रुअरी २, २०२० मा नेपालको राजनितीक परिवर्तनको आन्दोलनमा युवा विद्यार्थीहरुको परिचालन गर्नुभएको साथै मन्त्रीको जिम्मेवारीमा आएपछि शिक्षा, स्वास्थ र सफाइका क्षेत्रमा नवीनतम कामको थालनी गरि महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोमा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई उक्त अवार्डद्वारा सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा विभिन्न देशमा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने विशिष्ट व्यक्तित्वहरुलाई भव्य समारोहका विच नोबल सिटिजन अवार्ड प्रदान गरिएको थियो। साथै उद्मशिलताको क्षेत्रमा नवीनतम दृष्टान्त प्रस्तुत गर्दै भारतीय धनाण्यको सुचिमा पर्न सफल महिला उद्धमी कल्पना सरोज समेत उक्त अवार्ड बाट सम्मानित हुनुभएको छ।

त्यसैगरी संस्थाले मलावि देशका सार्क मुलुकका लागि राजदुत जर्ज म्याक्नडिवाले अन्तर्राष्ट्रिय समन्वय र सम्बन्ध विस्तारको क्षेत्रमा गर्नुभएको भुमिकाको उच्च मुल्यांकन गर्दै उनलाई पनि पुरस्कृत गरेको छ । साथै सेनेगलका डिप्लोम्याट पापा एसअाने, डिआर डी अो कि जोएन डाइरेक्टर मुक्ता चोहान, हाइटेक मेडिकल कलेजका चेएरमेन डा. तिरुपति पानिग्रहि लगायत विशिष्ट व्यक्तित्वहरुलाई पनि सम्मान गरेको हो। सोही कार्यक्रममा सबैभन्दा कम उमेरकि वातावरण संरक्षण अभियानकि अभियान्ता १२ वर्षकी लिसिप्रिया कन्जुजम समेत सम्मानित भएकी छन्। समारोहमा नेपाली प्रतिनिधि मण्डल तर्फबाट नेपालको राष्ट्रिय झण्डा, तुल ब्यानर, ब्रुसर सहितको प्रदर्शन गर्दै भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल भ्रमण गरि भ्रमण वर्ष सफल पार्न सबै विदेशी पाहुनाहरुलाई आह्वान समेत गरिएको थियो ।

भारत भ्रमणका दौरानमा मन्त्री जीवन घिमिरेले भारतका लागि नेपाली राजदुत निलम्बर आचार्य संग समसामयिक विषयमा छलफल समेत गरेका छन्। विभिन्न विदेशी मित्रहरू भेटघाट गर्ने क्रममा भारत सरकारका स्वास्थ्य मन्त्री श्री एएल हेल्क, मेघालय स्टेटका युवा तथा खेलकुद मन्त्री
श्री किरण रिजुजु र विजेपिका राष्ट्रिय सचिव शुनिल भिदेवदर संग महत्वपूर्ण भेटघाट र छलफल पनि भएको मन्त्रीका स्वकीय सचीव तुलसी घिमिरेले जानकारी दिए।

साथै अल इन्डिया इन्स्िटच्युट अफ लोकल सेल्फ गभमेन्टले समेत मन्त्रीको स्वागत सम्मानमा कार्यक्रमको आयोजना गरेको स्वकिय सचिव तुलसी घिमिरेले जानकारी दिए। सो कार्यक्रममा इन्स्िटच्युटका अशोक वानकडे, डिप्युटी डाइरेक्टर रवि रान्जन गुरु र राहुल पाटेल संग नेपालको प्रदेश र स्थानीय तहको क्षमता विकास र अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको उनले बताए। त्यसैगरी चौधरी चरण सिंह विश्वविद्यालयले सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा देश विकासमा युवाहरुको भुमिका विषयक गोष्ठीको आयोजना गरेको थियो ।

भ्रमणकै क्रममा पतञ्जलि योगपिठ हरिद्वारले समेत मन्त्री जीवन घिमिरेको सम्मानमा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आचार्य बालकृष्ण लगायत पिठका विभिन्न विषय विज्ञहरुसंग नेपालको योग आयुर्वेद र प्राकृतिक चिकित्साको विकास र विस्तारका सम्बन्धमा गहन छलफल भएको बताईएको छ । नेपालमा जडिबुटी खेति, उत्पादन, प्रशोधन, बजारीकरण लगायतका विषयहरुमा छलफल भएको हो। सोही अवसरमा मन्त्रीले स्वामी राम देवलाई प्रदेश न १ को भ्रमणको निमन्त्रणा समेत दिनुभएको थियो । साथै मन्त्रीले पतञ्जलि पिठ द्वारा सञ्चालित अस्पताल, रिसर्ज सेन्टर र योग ग्राम को समेत अध्ययन तथा अवलोकन गरेका थिए।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२५ माघ २०७६, शनिबार १९:३८
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

२५ माघ २०७६, शनिबार १९:३८

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ माघ २०७६, शनिबार १९:३८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ माघ २०७६, शनिबार १९:३८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२५ माघ २०७६, शनिबार १९:३८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२५ माघ २०७६, शनिबार १९:३८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२५ माघ २०७६, शनिबार १९:३८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.