फागुन १, पहिलो नेपाल – करिब १० दिने लामो आन्दोलनपछि काठमाडौंस्थित पुतलीसडकमा रहेको कान्तिपुर सिटि कलेज (केसिसि) मा लागेको तालाबन्दी खुलेको छ। आन्दोलनरत संगठन अनेरास्ववियु केसिसि कमिटीको माग पूरा गर्न कलेज प्रशासन सहमत भएपछि कलेजमा लागेको तालाबन्दी खुलेको हो ।
विद्यार्थीका अधिकारका निम्ति विभिन्न मागहरु राख्दै अनेरास्ववियुले आन्दोलन सुरु गरेको थियो। नियमित पठनपाठनमा कुनै अवरोध नगरी कलेजलाइ दबाब दिन कलेजका अन्य सबै गतिविधि ठप्प पार्दै आन्दोलन गरेपछी कलेज प्रशासन दबाबमा परेको थियो। माग पूरा नगर्ने बरु बल प्रयोग गरेर भएपनी कुनै हालतमा आन्दोलन तुहाउने रणनीतिमा रहेको कलेज प्रशासनले गत २५ गते शान्तिपूर्ण आन्दोलनमा रहेको विद्यार्थी माथी कलेज भित्रै प्रहरी बोलाएर लाठीचार्ज गरेको आन्दोलनरत अनेरास्ववियुका नेता कन्चन खतिवडाले बताए । प्रहरीको लाठीचार्जमा परि विद्यार्थीहरु प्रबिन साह, दिपेन्द्र बोहोरा र महम्मद इरफान गम्भीर घाइते समेत भएका थिए ।
आफ्नो क्याम्पसका विद्यार्थी नेतालाई बिनाकारण प्रहरीले पक्राउ गरेको र तत्काल रिहा गर्नुपर्ने माग राखेर अनेरास्ववियूका केन्द्रिय नेता सुदेस पराजुलि, वसिम आलम , महेस श्रेष्ठ ,अशोक थापा, पुवि राष्ट्रिय कमिटीका अध्यक्ष रोशन भट्टराई ,उपत्यकाका का.अध्यक्ष बालकिशोर छेत्री ,सचीव सरोज पाण्डे सहितका नेताले कलेज र प्रहरीलाई दबाब दिएपछि केही घण्टामै अध्यक्ष चन्द लगाएतका नेतालाई प्रहरीले छाडिदिएको थियो ।
कलेजसँग भएको सहमति यस्तो छ :
घाइते विद्यार्थीलाई उपचारका निम्ति विद्यार्थी आफैले ट्रमा सेन्टर पुर्याएको नेता खतिवडाले जानकारी दिए । यता प्रहरीले अनेरास्ववियुका अध्यक्ष मनोज चन्द ठकुरी सहित कलेजका विद्यार्थी नेता अनमोल साउद, नरेन चन्द , कपिल शाहीलाइ पक्राउ गरि अनामनगरको प्रहरी कार्यलय पुर्याएको थियो । तर अनेरास्ववियुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै स्वतन्त्र विद्यार्थीहरु प्रहरी कार्यलय घेराउ गर्न पुगेपछि पक्राउ परेका विद्यार्थीहरु रिहा भएका थिए ।
कलेजको सबै विद्यार्थीहरु नै अनेरास्ववियुको पक्षमा उभिएपछी दबाबमा परेको कलेजले गत माघ २७ गतेको मध्य राती १२ बजे अनेरास्ववियुको मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको छ। आफ्नो संगठनले उठाएको मुद्दा सम्बोधन भएपछि अध्यक्ष चन्दले यो अनेरास्ववियुको मात्र नभएर कलेजका सबै विद्यार्थीहरुको जित भएको बताएका छन् ।