फागुन ३, पहिलो नेपाल – विराटनगर महानगरपालिका–४ ढाटमा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् ।
शनिबार बिहान कोशी राजमार्ग अन्तर्गत विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरले प्रदेश २–०१–००१ प १६०८ नम्बरको ३ जना सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाईकल चालक सिरहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । दुर्घटनामा गम्भीर घाईते सप्तरी रुपनीका १८ वर्षीय धनराज यादवको कोशी अस्पतालमै उपचार भइरहेको उनले बताए ।