लेखक : कोसिस सुवेदी
आज नेपालको सम्माननिय प्रधानमन्त्रीको ६९ औं जन्मदिन । नेपाली राजनीतिमा केपि शर्मा ओलिको नाम चिरपरिचित नै छ । संविधान निर्माणको बेला खेलेको नेतृत्वदायी भूमिका र त्यसपछि देशमा प्रधानमन्त्री भएको अवस्थामा नेपालको संविधानबाट असन्तुष्ट बनेको भारतले लगाएको मानवताहिन नाकाबन्दीको बेला नेपालको सार्बभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा लिएको चट्टानी अडान पछी आम जनमानसमा आशको दियो बनेर उदाएको नाम हो केपि शर्मा ओलि ।
देशमा नेताको खाचो रहेकोे बेला राजनेता बनेर उदाएका केपी ओलि कै नेतृत्वमा गत निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले दुई तिहाइ मत ल्याएको कुरालाइ कसैले नकार्न मिल्दैन । दुई तिहाइको मत सहितको कम्युनिस्ट सरकार बनेसङै नेपाली जनताले सुशासन र बिकासको अपेक्षा राखेका छन् । अब देशमा बिकासको गतिले फड्को मार्नेमा आम जनमानस ढुक्क थिए तर अपेक्षा विपरीत सरकार गठन पश्चात् एकपछी अर्को लफडामा फस्न थालेको छ ।

सरकारले काम नै गरेन भन्ने होइन तर अपेक्षा धेरै राखेका जनताहरुलाई त्यही अनुसारको नतिजा सरकारबाट दिन नसकेपछि जनतामा नैरश्यता बढेको यथार्थ बाट सरकार पछि हट्न मिल्दैन । मन्त्रीमण्डलमा भएका मन्त्रीहरूबाट प्रधानमन्त्रीले सोचेअनुरुप काम हुन नसक्नु सबैभन्दा ठूलो समस्या बनेको छ । सुशानका लागि भनेर कुर्सिमा बसेका मन्त्रीहरुनै भ्रष्टाचारको भुमरीमा पर्न थालेपछि जनताहरु वाक्क हुनेनै भए । अरु सरकार भन्दा यो सरकार किन फरक भनेर जनताहरु परिणाम खोज्न थालेका छन । आशाहरु बिस्तारै निराशा तिर परिणत हुने हो कि भन्ने कार्यकर्तामा चिन्ता छ , युगले साच्चै परिवर्तन मागेको छ, इतिहासकै शक्तिशाली बनाइदिएको छ अनि बालुवाटारको राजनैतिक तुलो बिगि्रएको प्रमाणित भैसक्यो परिवर्तन गर्न ढिला नगरौं , सिंहदरबारको परिक्षामा ९० कटाएको फेल अनि ५० ल्याउने पास हुने परिक्षा प्रणाली पनि फेर्न जरुरी देखियो अझै आशा र बिश्वास छ अबको ३ बर्ष नेपालको इतिहासकै स्वर्णिम युग बनोस् ।। “सच्चा नेतृत्वले बदला लिएर हैन बदलिएर देखाउने हो ” अनि पुर्व सल्लाहकार डा.कुन्दन ज्युले भन्नुभए जस्तै टाढा भन्दा पनि आफ्नै ओरिपरी टेलिस्कोप लगाएर हेर्ने बेला आएको सत्य नै हो ।
६९ औ जन्मदिनको लाखौं-लाख शुभकामना प्रधानमन्त्री ज्यु