फागुन १२, पहिलो नेपाल – चीनले ट्वीटरमा चर्चित एक व्यक्तिलाई सरकारको नयाँ प्रवक्ताको रुपमा चयन गरेको छ। चीनको विदेशमन्त्रालयले सहायक प्रवक्ताको रुपमा झाओ लिजियनलाई नियुक्त गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन्।
कोरोनाभाइरसबारे विश्वमा प्रभावकारी संचार गर्नका लागि झाओलाई प्रवक्ता बनाइएको अनुमान गरिएको छ।
झाओलाई सहप्रवक्ता घोषणा गरिरहँदा सरकारको मुख्य प्रवक्ता हुवा चुनयिङले भनेकी थिइन्,‘तपाइँहरुले उहाँको आवज पहिल्यै सुनिसक्नु भएको छ।’
अमेरिकी सामाजिक सन्जाल ट्वीटर चीनमा प्रतिबन्धित छ। यद्यपी झाओ भने ट्वीटर चलाउँछन्।
उनको ट्वीटर फलोवर २ लाख ४० हजारभन्दा बढी भएको बताइएको छ। झाओ कुटनीतिक हिसाबमा चर्को तर्क गर्ने खालका मानिस भएको बताइएको छ।
झाओ आफ्ना ट्वीटरमा पश्चिमा राजनीतिज्ञसँग चर्काचर्की गर्छन् यस्तै उनले चिनियाँ सरकारको आलोचना गर्ने आफ्ना फलोवरलाई ब्लक पनि गर्ने गरेका छन्।