• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश २ सरकारले सुरु गर्यो प्रदेश प्रहरी भर्नाको तयारी

by पहिलो नेपाल
१६ फाल्गुन २०७६, शुक्रबार ०५:४०
9
Shares

फागुन १६, पहिलो नेपाल – प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी शुरू गरेको छ । संघीय सरकारले प्रहरी गठनसम्बन्धी आवश्यक कानून बनाएसँगै प्रदेश सरकारले प्रहरी भर्नाको तयारी गरेकोे प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । मन्त्री यादवको अनुसार प्रहरी भर्नाका लागि प्रदेश लोकसेवा आयोगले पाठ्यक्रम र परीक्षाको ढाँचा तयार गरिरहेको छ  भने मन्त्रालय विनियमावली र निर्देशिका तयारमा जुटेको छ । ‘सरकारले प्रहरी भर्नाका लागि विभिन्न तयारी गरिरहेको छ,’  उनले भने, ‘प्रहरी अधिकारी र सुरक्षा विज्ञसँग छलफल गरेर विनियमावली र निर्देशिकालाई छिट्टै टुंगो लगाइनेछ ।’ 

प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रहरी भर्नाका लागि पाठ्यक्रम र परीक्षाको मोडालिटीलाई अन्तिम रूप दिने काम भइरहेको बताए । आगामी फागुनसम्म भर्नाका लागि आवश्यक सबै प्रक्रिया टुंग्याउने बताइएको छ । 

प्रदेश प्रहरी गठनका लागि चाहिने कानून संघीय सरकारले माघ २८ गते ल्याएसँगै प्रदेश प्रहरी भर्नाको बाटो खुलेको हो । संविधानले प्रदेशभित्रको शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिए पनि संघीय कानून नआउँदा लामो समयदेखि प्रहरी भर्ना प्रक्रिया अगाडि बढ्न सकेको थिएन । यद्यपि, प्रदेश सरकारले संघीय कानून आउनु १ वर्षअघि नै प्रहरी ऐन ल्याएको थियो । प्रहरीको दरबन्दी निर्धारण र समायोजन गर्न ऐनले गृहसचिवको संयोजकत्वमा समिति रहने व्यवस्था गरेको छ । समितिको पहिलो बैठक बसेर भर्ना प्रक्रिया छिट्टै अगाडि बढाउने मन्त्री यादवले बताए । ऐन अनुसार नेपाल प्रहरीको दरबन्दीमा रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दर्जासम्मका प्रहरी अधिकारीहरू प्रदेश प्रहरीमा समायोजन हुने प्रावधान छ ।

Facebook Comments

9
Shares

Related Posts

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

१६ फाल्गुन २०७६, शुक्रबार ०५:४०
मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

१६ फाल्गुन २०७६, शुक्रबार ०५:४०

आज मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण

मधेस प्रदेशमा संसदीय दलको नेता चयन

हाम्रो दाबी मधेस प्रदेशमा स्वाभाविक : सिके राउत

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

जनताको गुनासाको सम्बोधन गर्न सक्रियता सीके राउत

धनुषामा २४ लाख रुपैयाँसहित भारतीय पक्राउ

सिरहाको विभिन्न स्थानबाट १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट

मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय कसको मत कति ?

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१६ फाल्गुन २०७६, शुक्रबार ०५:४०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१६ फाल्गुन २०७६, शुक्रबार ०५:४०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१६ फाल्गुन २०७६, शुक्रबार ०५:४०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१६ फाल्गुन २०७६, शुक्रबार ०५:४०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१६ फाल्गुन २०७६, शुक्रबार ०५:४०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.