फागुन १९, पहिलो नेपाल – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको एलक्लासिकोमा बार्सिलोनामाथि रियल मड्रिडले सानदार जित निकालेको छ। घरेलु टोली रियलले बार्सिलोनामाथि २-० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो।
रियलको जितमा भिनिसियस जुनियर र मारिनोले गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रियल हावी भएको थियो। खेलको ७१ औं मिनेटमा भिन्सियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए। त्यस्तै खेलको इन्ज्युरी समयमा मारियानोले गोल गर्दा रियलले २-० को जित सुनिश्चित गर्यो।
जितसँगै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। जारी सिजन २६ खेल खेलेको रियलले १६ जित, ८ बराबरी र २ हारसँगै ५६ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै निकटत प्रतिद्वन्दी बार्सिलोनाको ५५ अंक छ। बार्सिलोनाले २६ खेलमा १७ जित, ४ बराबरी र ५ पराजय ब्यहोर्दै ५५ अंक जोडेको हो। तालिकाको तेस्रो र चौथोस्थानमा ४६ र ४५ अंकसहित क्रमश सेभिया र गेटाफे रहेका छन्।