फागुन १९, पहिलो नेपाल – नेपाल सरकार स्वास्थ मन्त्रालयले मोरङ निर्वाचन क्षेत्र नं. १ को केराबारी गाउँपालिकामा १५ शैयाको प्राथमिक स्वास्थ अस्पताल बनाउने निर्णय गरेको छ । मोरङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाको पहलमा स्वास्थ मन्त्रालयले उक्त निर्णय गरेको हो।
मोरङको उत्तरी भेगमा स्वस्थ पहुँच कमि भएकोले सरकारले सर्वसुलभ रुपमा आमजनता माझ स्वास्थ सेवा पुर्याउने उद्देश्यले केराबारी गाउपालिकामा प्राथमिक स्वास्थ अस्पताललाई १५ शैयाको बनाउन लागेको हो । गाउँपालिकामा स्वास्थ सेवा राम्रो नभएकोले सानोतिनो स्वास्थ समस्या पर्दा पनि जिल्ला सदरमुकाम बिराटनगर , धरान धाउनुपर्ने बाध्यताले जनतालाई समस्या हुने भएकाले अब केराबारिमै १५ शैयाको अस्पताल बनाउन आफुले स्वास्थ मन्त्रालय सङ माग राखेको प्रतिनिधि सभा सदस्य खतिवडाले बताउनुभए।
संविधानले नै स्वास्थ सेवालाइ जनताको मौलिक हकमा राखेको र आफुले पनि आफ्नो कार्यकालमा आफ्नो क्षेत्रमा स्वास्थ सेवालाइ जनताको पहुँचमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेअनुसार मन्त्रालयले उक्त निर्णय गरेको खतिवडाले बताउनुभयो। उहाँकै निर्वाचन क्षेत्र अन्तर्गत उर्लाबारीको मंग्लवारे अस्पतालको शैया थप गरिने कार्य अगाडि नै भैसकेको छ भने लेटाङ नगरपालिकामा रहेको प्राथमिक स्वास्थ केन्द्रको पनि शैया थपिने प्रक्रिया अन्तिम चरणमा रहेको छ ।