फागुन २३, पहिलो नेपाल – कोरोनाको संक्रमण भएको आशंकमा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल भर्ना भएर भागेका एक व्यक्ति धरानमा भएको खुलेको छ । उनि केहिदिन अघि कोरियाबाट फर्किएका थिए।
उनी हाल धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा छन् ।
धरान १० विशाल पथका उनी गत मंगलबार नेपाल फर्किएपछि बुधबार स्वास्थ्य जाँचको लागि अस्पताल पुगेका थिए । उनलाई आइसोलेसन वार्डमा राख्ने तयारी भइरहेको बेला भागेका थिए ।
उनी बुधबार राती ८ बजे अस्पतालबाट हिडेका थिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्रवक्ता अशोक ऐरले उनलाई आइसोलेनस वार्डमा राखिएको र र्याल परीक्षणको नमूना टेकु अस्पताल पठाइएको बताए । (ब्लास्ट दैनिक)