फागुन २४, पहिलो नेपाल – विराटनगर बजारमा शनिबार विराटनगरका विभिन्न संघसस्थाका युवाहरुले निशुल्क माक्स वितरण गरेका छन् । विराटनगरको हनुमान मन्दिर अगाडी उभिएर युवाहरुले सर्वसाधारणलाई कोरोना भाइरसबाट जोगिन मास्क वितरण गरिएको अभियन्ता चांद बाबु इराकीले बताए ।
कार्यक्रममा सहभागी युवा नेता ओसिम आलमले कोरोना भाइरसको त्रास रहेको बेला बजारमा मास्कको कालोबजारी गर्नेहरुलाई सरकारले जेल हाल्नुपर्ने बताए। साथै उनले बजार अनुगमनलाई पनि कडाई गर्नुपर्ने उल्लेख गरे ।
युवाहरुले १ हजार बढी माक्स वितरण गरेका थिए। कार्यक्रममा मोरङका एसपी बिश्व अधिकारी, युवा नेता ओसिम आलम लगायतको उपस्तिथी रहेको थियो ।
युवा अभियन्ता इराकीको सहयोगमा सर्वसाधारणलाई माक्स वितरण गरिएको हो ।