फागुन २५, पहिलो नेपाल – सत्तारुढ पार्टी नेकपाको विद्यार्थी संगठनका सह संयोज रन्जित तमाङले विश्वभर कोरोनाको त्रास फैलिएको बेला नेपालमा भने जोखिम मोलेर शैक्षिक संस्था सुचारु गर्नु गलत भएको बताएका छन्। साथै उनले शुल्क असुल्नको निम्ति विद्यालयहरु संचालन गरिएको आरोप समेत लगाएका हुन्।
उनले सामाजिक सन्जालमा लेख्दै शैक्षिक सत्रकाे अन्तिम समयमा शुल्क असुल्ने कुरा मुख्य कि बिश्व स्वास्थ्य संगठनकाे चेतावनी मुख्य भनी प्रश्न समेत गरेका छन्। साथै उनले सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न समेत आव्हान गरेका छन्।
उनको सामाजिक सन्जालको स्टाटस जस्ताको त्यस्तै:
एकातर्फ सरकारी घाेषणाले भेला नहुन उर्दी गर्ने अर्काे तर्फ सयाै -हजाराै बालबच्चा पढ्ने स्कुल-कलेज सुचारु गरिरहने भनेर अर्काे उर्दी गर्ने !
पार्टीका सबै भेला – बैठक स्थगित गर्ने तर जनसंख्याकाे आधा हिस्सा जाे नियमित स्कुल- कलेजमा जमघट हुन्छ त्यसलाई संचालन गर्ने !!
के ती शैक्षिक संस्थामा राज्यले सुरक्षा,सतर्कताका लागि आवश्यक सामग्री पठाएकाे,बाडेकाे छ ??
भए बिबरण सार्वजानिक गरियाेस !!
यसलाई सजकता मान्ने कि मजाक मान्ने ?
कतिलाई लाग्दाे हाे याे कुनै बस्तु जस्ताे भन्सार – सिमाबाट हिड्दै आउछ ।त्यहा राेके भैहाल्छ ।
तिनलाई कसैले भन्दिए हुन्थ्याे चिन संग सिमा नजाेडिएका देशमा एक्कासि देखा पर्याे र सयाै ज्यान लिदैछ, ईटली,ईरान,साउदि,काेरिया,जापान जस्ता देशमा ।
महामारीले बिश्वभरि उग्ररुप लिएकाले केहि दिन शैक्षिक संस्था बिदा गर्नु नै हाम्राे हकमा सतर्कता अपनाउनु हाे ।
किनकी जीवन रहे पढाई रहन्छ,जीवन नै नरहे पढाई के अर्थ ?
कुनै घटना नभए ठिकै हाे तर ठुलाे परिणाममा महामारीका कारण घटना घट्याे भने त्यसकाे जिम्मा कसले लिने ??
यसर्थ निजी शिक्षाका ब्यापारीका याेजनामा, शैक्षिक सत्रकाे याे अन्तिम समयमा बि्द्यार्थी – अबिभावक संग शुल्क असुल्ने कुरा मुख्य तर बिश्व स्वास्थ्य संगठनकाे चेतावनी गाैण कदापि हाेईन ।तसर्थ जाेखिम माेलेर शैक्षिक संस्था सुचारु गर्ने बदनियतपुर्ण कदम गलत छ भन्ने म ठान्छु ।
सरकारले निजी शैक्षिक संस्थाकाे भाषा बाेल्नु हुदैन ।
जनताकाे भाषा बाेल्नु पर्छ ।
सरकारले हचुवाका तालमा हाेईन तथ्यका आधारमा बाेलाेस !