फागुन २५, पहिलो नेपाल – प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमणको आशंका गरिएकाको उपचारका लागि मोरङ र उदयपुरमा क्वारेन्टाइन स्थल बनाउने भएको छ । कोरोना संक्रमितको शंका लागेकालाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न एक हजार जना क्षमताको क्वारेन्टाइन स्थल निर्माण गर्न लागेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।
दुई जिल्लाको कुन ठाउँमा क्वारेन्टाइन स्थल राख्ने भन्ने निधो नभएपनि एक हजार क्षमता रहने गरी मोरङ र उदयपुर जिल्लामा क्वारेन्टाइन स्थल निर्माण गर्ने सरकारले निर्णय गरेको छ, सोही अनुसार आवश्यक तयारीमा सरकार जुटेको छ’ मन्त्री कार्कीले शुक्रबार प्रदेशसभा बैठकमा भने ।
मन्त्री कार्कीले कोरोना संक्रमण रोकथामका लागि अपनाउनुपर्ने सबै खालका सावधानी अपनाउन प्रदेशका मुख्य सचिवको संयोजकत्वमा टाक्स फोर्स गठन गरिएको पनि जानकारी दिए । उनले टाक्सफोर्सले सचेतना जगाउनेदेखि स्वस्थ्य परीक्षण, उपचार, बजेट व्यवस्थापन लगायतका सम्पुर्ण कामको अनुगमन गर्ने जानकारी दिए । उनले बजारमा उपभोग्य वस्तु, औषधी र खाद्यान्नको अभाव हुन नदिने पनि बताए ।