चैत्र ५, पहिलो नेपाल – विश्वमा कोरोना भाइरसबाट १ लाख ९८ हजार १ सय ८१ जना संक्रमित भएका छन् भने मृतकको संख्या ७ हजार ९६५ पुगेको छ । ८१ हजार ७३४ जना उपचार पछि निको भएका छन् ।
पछिल्लो समय यूरोपमा कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित इटालीमा थप ३ सय ४५ जनाको मृत्यु भएको छ ।
त्यहाँ मृतकको संख्या २५ सय नाघेको छ भने संक्रमितको संख्या ३१ हजार ५०६ रहेको छ । इरानमा पनि थप १ सय ३५ जनाको मृत्यु भएको छ ।
त्यहां मृतकको संख्या ९ सय ८८ र संक्रमित १६ हजार १६९ पुगेका छन् । स्पेनमा पनि थप १ सय ९१ जनाको मृत्यु भएको छ ।
फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५, अमेरिकामा १ सय ९ पुगेको छ ।