चैत्र ५, पहिलो नेपाल – सरकारले वैशाख ३ गतेसम्म हवाइ मार्गबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।
कोरोना भाइरस संक्रमित देशबाट आउने र त्यस्ता देशमा ट्रान्जिट हुँदै आउने स्वदेशी तथा विदेशी नागरिकलाई प्रवेशमा रोक लगाइने भएको हो।
मंगलबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले १५ बुँदे निर्देशन जारी गर्दै कोरोना प्रभावित देशबाट आउन नदिने भएको हो। युरोपका सबै देश र खाडीबाट आउने नेपाली तथा गैर नेपाली सबैलाई रोक लगाइने जानकारी दिए।
त्यस्तै उच्चस्तरीय समितिले गरेको निर्णयमा उल्लेख गरिएको छ, ‘युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च २०२० मध्य रातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने।’