चैत्र ५, पहिलो नेपाल – नेपालले कोरोना भाइरस (कोबिड १९) को त्रास बढेपछि भारतसँगको सीमा नाकाबाट अत्यावश्यक सामाग्री आयातनिर्यातबाहेक मानिसको आउजाउ बन्द गर्ने प्रस्ताव भारतसँग राखेको छ।
सरकारी उच्चस्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग सम्पर्क गरी त्यस्तो प्रस्ताव राखेका हुन्।
तर, भारतीय विदेशमन्त्री जयशंकरले त्यसबारे निर्णय गर्न भोलि बिहीबारसम्मको समय मागेको स्रोतले बतायो।
बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पनि सीमा नाका बन्द गर्ने या नगर्ने भन्नेबारे भारतसँग तत्काल वार्ता गर्नु पर्ने निष्कर्ष निकालेको थियो।