चैत्र ६, पहिलो नेपाल – गत डिसेम्बरको अन्तिम सातादेखि कोरोना भारस (कोभिड-१९) सुरु भएको शहर चिनको वुहानमा कोरोना संक्रमण शून्य भएको छ। कोरोना बिरुद्धको लँडाईमा चिनलाई यो ठूलो सफलता हो। मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान गएन ।
चीनले मृत्युदर पनि शून्यमा झारेको छ । वर्ल्डओमिटर्सका अनुसार, बुधबार चीनमा संक्रमित कसैको पनि मृत्यु भएको छैन ।
कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।