चैत्र ६, पहिलो नेपाल – प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले जघन्य अपराध बाहेकका कैदी बन्दीलाई तत्काल रिहा गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले कारागारमा कोरोना भाइरस संक्रमण भएमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
हाल नेपालका धेरै कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी राखिएको छ । मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले विदेशमा पनि यस्तो अभ्यास भएकाले नेपालमा पनि कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको बताए ।