चैत्र ७, पहिलो नेपाल – सरकारले धेरै मानिसहरूको भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्जिदहरूमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ।
देशका विभिन्न ठाउँका मुस्लिम समिति तथा मस्जिद समितिले कोरोना संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाज लगायतका हरेक दिन हुने अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ।
योसँगै मोरङ मुस्लिम समाजले पनि बिहिवार एक विज्ञप्ती जारी गर्दै विश्वभरि कोरोना भाइरस (कोभिड—१९) को सन्त्रास फैलिरहेका बेला मस्जिदहरूमा कोरोनाभाइरसको जोखिम न्यूनीकण तथा रोकथामका लागि भन्दै मस्जिद स्थलमा अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ। समितिले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सहयोग गर्न आग्रह गरेको छ।
यसअघि सरकारले कोभिड-१९ को जोखिमबाट बच्न २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ।