चैत्र ९, पहिलो नेपाल – विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार ५० पुगेको छ। महामारीका कारण पछिल्लो २४ घन्टामा मात्र १६ सय ६२ जनाले ज्यान गुमाएका छन्।
चिनको वुहान शहरबाट फैलिएको भाइरसले अहिले विश्वमा नै आतंक मच्चाइरहेको छ। पछिल्लो समय चाईनामा भाइरस नियन्त्रणको गतिमा गएपनी युरोपमा तिव्र गतिमा फैलिरहेको छ। भाइरसबाट सबैभन्दा बढी इटाली प्रभावित भएको छ। इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन भने ५३ हजार ५ सय ७८ जना संक्रमित छन्।
नियन्त्रण हुँदै गएको चाइनमा भने हालसम्म ३ हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने ८१ हजार ५४ जना संक्रमित छन्। त्यस्तै स्पेनमा १३ सय ७८ जनाको मृत्यु भएको छ भने इरानमा १५ सय ५६ जनाको मृत्यु भएको छ।
हालसम्म विश्वमा कोरोना भाइरसबाट ३ लाख ७ हजार ६ सय १३ जना संक्रमित भएका छन्। त्यसमध्ये ३२ हजार १६ जना नयाँ संक्रमित हुन भने ९५ हजार ७९७ जना उपचार पछि निको भएका छन् । अहिले १ लाख ९८ हजार ७ सय ६६ जनाको उपचार भइरहेकोमा उनीहरु मध्ये ९ हजार ३ सय जना गम्भीर रहेका छन् ।
#कोरोना #coronavirus