चैत ९, पहिलो नेपाल-
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का बारेमा आइतबार अनेरास्ववियू रतुवामाई नगरकमिटीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।आइतबार नगरपालिकाका ८, ९ र १० नम्बर वडामा कोरोना रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिएको विद्यार्थी नेता विजय बोहोराले जानकारी दिनुभयो । कोरोना भाइरसका बारेमा सर्वसाधरणहरु जानकार नभएर सन्त्रास फैलिएको भन्दै बोहोराले नागरिकलाई सजक र सचेत बनाउन कार्यक्रम गरिएको बताउनुभयो ।
अनेरास्ववियू रतुवामाई नगर कमिटीले सबै नेता तथा कार्यकर्ताहरुमा मास्क वितरण गरेको छ । अनेरास्ववियूले कोरोनाका मुख्य लक्षणहरु र बच्ने उपाय समेटिएको पर्चा बनाएर घरदैलो अभियान सञ्चालन गरेको कार्यक्रम संयोजक सुजन बिष्टले जानकारी दिनुभयो ।
राजनैतिक पार्टीहरु चुनावमुखी मात्र नभई जनतालाई दुख आपत परेको बेला साथ सहयोग दिन सक्ने हुनुपर्छ, बिष्टले भन्नुभयो, “ कुनै एक पक्षले मात्र सचेतना कार्यक्रम गरेर रोकथाम नहुने भएकाले कोरोनाबाट सबै मानिसहरुले सतर्कता अपनाउनु पर्छ । ”
२५ जनाभन्दा कम संख्याको उपस्थितिमा अनेरास्ववियूले कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थी नेता रुपेश ढकाल, कुमार नेपाली, विजय बोहोरा, सुजन बिष्ट लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम जननेता मदन भण्डारीको सुरु भएको कार्यक्रम रतुवामाई ८ दाम्राभिट्टामा समाप्त गरिएको थिाये ।