चैत्र १०, पहिलो नेपाल-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रतुवामाई नगर कमिटीले कोरोना भाइरस (कोभिड-१९) बारे जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। कोरोना भाइरसबारे जानकारी मुलक पर्चा स्थानीयलाई वितरण गर्दै कार्यक्रम गरिएको हो।विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई नेपालमा रोकथाम र नियन्त्रणका लागि सोमबार नगरपालिकाका विभिन्न वडामा सचेतनामूलक कार्यक्रम गरिएको विद्यार्थी नेता सुजन बिस्टले जानकारी दिए । कोरोना भाइरसका बारेमा सर्वसाधरणहरु जानकार नभएर सन्त्रास फैलिएको भन्दै बिस्टले नागरिकलाई सजक र सचेत बनाउन कार्यक्रम गरिएको बताए।
नेकपा रतुवामाई नगर कमिटीले सबै नेता तथा कार्यकर्ताहरुमा मास्क वितरण गरेको छ । नेकपाले कोरोनाका मुख्य लक्षणहरु र बच्ने उपाय समेटिएको पर्चा बनाएर घरदैलो अभियान सञ्चालन गरेको नेता सुजन बिस्टले जानकारी दिए।
कार्यक्रममा नेकपा रतुवामाई नगर इन्चार्ज सुमन कालिकोटे, नगर अध्यक्ष शिवनारायण राजवंशी , समाजसेवी डा. शिवसंकर शाह, युवा नेता समीर सुवेदी ,रोशन घिमिरे तथा विद्यार्थी नेता कुमार नेपाली लगायतको उपस्थिति थियो।