चैत्र ११, पहिलो नेपाल-
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि भारतभर २१ दिनका लागि लकडाउन घोषणा गरेका छन्।मंगलबार साझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भारत कोरोनाको उच्च जोखिममा रहेको भन्दै आज राती १२ बजेदेखि लागु हुनेगरी तीन साताका लागि भारतमा पूर्ण लकडाउन हुने घोषणा गरे।
उनले कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन र सामाजिक दुरी कायम गर्न आह्वा गरे।
Facebook Comments