चैत्र १२, पहिलो नेपाल-
नेपालमा कोरोना भाइरस (कोभिड १९) को अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।
Facebook Comments