चैत्र १६, पहिलो नेपाल-
स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्। यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ९८२ पुगेको छ।
स्पेनमा गत २४ घण्टाभित्र ८४४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७३ हजार २३५ संक्रमित भइसकेका छन्।
Facebook Comments