चैत्र १९, पहिलो नेपाल –
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी संचार माध्यमले जनाएका छन्।जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप २४ हजारचन्दा बढीमा संक्रमण देखिएको छ। बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६७ पुगेको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ।
अमेरिकामा संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ भने निको हुनेको संख्या ६ हजार ४ सय ६१ पुगेको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा अमेरिकामा मृत्यु हुनेको संख्या धेरै भएको छ। साथै चीनमा भन्दा अमेरिकामा संक्रमितको संख्या पनि दोब्बरले बढेको छ।
त्यस्तै मंगलबार इटालीमा ८३७, स्पेनमा ७४८, फ्रान्समा ४९९, बेलायतमा ३८१, जर्मनीमा १३०, इरानमा १४१, बेल्जियममा १९२ र नेदरल्यान्ड्समा १७५ जनाको मृत्यु भएको छ।