चैत्र २०, पहिलो नेपाल –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण एकैदिन ४ हजार ८ सय भन्दा बढिको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्र विश्वभरमा ४ हजार ८ सय ९० जनाको मृत्यु भएको छकोरोना भाइरस सम्बन्धि निरन्तर अपडेट दिईरहेको वोल्डिमिटर्सका अनुसार अमेरिकामा मात्र पछिलो २४ घन्टामा १ हजार ४९ जनाको मृत्यु भएको छ। यो एकै देशमा एकै दिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यस्तै स्पेनमा पनि ९ सय ३० जनाको मृत्यु भएको छ। इटालीमा ७ सय २७, फ्रान्समा ५ सय ९ जना र बेलायतमा ५ सय ६३ जनाको मृत्यु भएको छ।
साथै पछिल्लो २४ घण्टामा ७६ हजार ८ सय ७२ जना नयाँ संक्रमित भेटिएका छन्। यो पनि अहिलेसम्मकै उच्च हो। अमेरिकामा तिव्र गतिमा फैलिएको भाइरस पछिल्लो २४ घण्टामा मात्र २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित भेटिएका छन्। अमेरिका संक्रमितको संख्या अहिलेसम्म २ लाख १५ हजार पुगिसकेको छ।
चिनको बुवान शहरबाट फैलिएको नोबेल कोरोना भाइरसका कारण हालसम्म ४७ हजार २ सय ५ जनाको मृत्यु भैसकेको छ भने ९ लाख ३५ हजार नाघिसकेको छ। त्यस्तै १ लाख ९४ हजार २ सय उपचार पछि निको भएर घर फर्किएका छन्। दिनप्रतिदिन बढ्दै गैरहेको मृत्युदर २० प्रतिशत पुगिसकेको छ।