चैत्र २२, पहिलो नेपाल-
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) का कारण पछिल्लो २४ घन्टामा विश्वभर ६ हजारको मृत्यु भएको छ। अमेरिका र युरोपमा तिव्र गतिमा फैलिएको भाइरसका कारण हालसम्म ५९ हजार २ सयको मृत्यु भैसकेको छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी १३ सय २१ को मृत्यु भएको छ। त्यस्तै फ्रान्समा ११ सय २० को मृत्यु भएको छ भने इटालीमा ७ सय ६६, स्पेनमा ८ सय ५० , बेलायतमा ७ सय ८४, इरानमा १ सय ३४, जर्मनिमा १ सय ६८, बेल्जियममा १ सय ३२ र नेदरल्यान्डमान१ सय ४८ जनाको मृत्यु भएको छ।
चिनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय अमेरिका र युरोपमा तिव्र गतिमा फैलिएको छ। भाईरसका कारण अति प्रभावित मुलुक इटालीमा मात्र १४ हजार ७ सयको मृत्यु भएको छ। त्यस्तै स्पेनमा ११ हजार २ सयको मृत्यु भएको छ। अमेरिकामा ७ हजार ४ सयको मृत्यु भएको छ भने फ्रान्समा ६ हजार ५ सयको मृत्यु भैसकेको छ।
हालसम्म विश्वभर संक्रमितको संख्या ११ लाख पुगिसकेको छ। त्यसमध्ये २ लाख २८ हजार उपचार पछि निको भएका छन् भने ४० हजार गम्भीर अबस्थाका संक्रमित छन्। संक्रमितको संख्या सबैभन्दा बढी अनेरिकामा छन् । अमेरिकामा मात्र २ लाख ७७ हजार संक्रमित छन्। त्यस्तै इटालीमा १ लाख २० हजार र स्पेनमा १ लाख १९ हजार संक्रमित छन्।
कोरोना भाईरसको मृत्युदर २१ प्रतिशत पुगिसकेको छ।