चैत्र २४, पहिलो नेपाल –
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७० हजार नाघेको छ। सोमबार दिउँसोसम्म विश्वभर ७० हजार ३ सय २८ जनाले ज्यान गुमाईसकेका छन्।भाइरसबाट हालसम्म १२ लाख ८५ हजार संक्रमित छन्। त्यसमध्ये ४६ हजार गम्भीर प्रकृतिका संक्रमित छन्। त्यस्तै २ लाख ७१ हजार उपचार पछि निको भएका छन्।
चिनको वुहान शहरबाट फैलिएको भाइरसबाट पछिल्लो समय युरोप र अमेरिका अति प्रभावित छ। युरोपका इटाली , स्पेन र फ्रान्स अति प्रभावित मुलुक हुन्। त्यस्तै अमेरिकामा पनि तिव्र गतिमा भाइरस फैलिरहेको छ। भाइरस विश्वका २ सय ८ मुलुकमा फैलिसकेको छ।