चैत्र २५, पहिलो नेपाल –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउने संख्या ७५ हजारको हाराहारीमा पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार २ सय २९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५४ जना पुगेको हो।कोरोना भाइरस सम्बन्धि निरन्तर अपडेट दिईरहेको वोल्डिमिटर्सका अनुसार अमेरिकामा मात्र पछिलो २४ घन्टामा १ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा पनि ८ सय ३३ जनाको मृत्यु भएको छ। स्पेनमा ७ सय, बेलायतमा ४ सय ३९ जना, इटालीमा ६ सय ३६ जना र जर्मनीमा २ सय २६ जनाको मृत्यु भएको छ।
साथै पछिल्लो २४ घण्टामा ७३ हजार १ सय ४२ जना नयाँ संक्रमित भेटिएका छन्। अमेरिकामा तिव्र गतिमा फैलिएको भाइरस पछिल्लो २४ घण्टामा मात्र ३० हजार ३ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन्। अमेरिका संक्रमितको संख्या अहिलेसम्म ३ लाख ६७ हजार पुगिसकेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा ५ हजार २९ जना, इटालीमा ३ हजार ६ सय, जर्मनीमा ३ हजार २ सय ५२ जना र ५ हजार १ सय ७१ जना नयाँ संक्रमित फेला परेका छन्।
चिनको बुवान शहरबाट फैलिएको नोबेल कोरोना भाइरसका कारण हालसम्म १३ लाख ४६ हजार संक्रमित नाघिसकेको छ। त्यस्तै २ लाख ७८ हजार उपचार पछि निको भएर घर फर्किएका छन्। त्यस्तै ४७ हजार २ सय ५६ गम्भीर अवस्थाका संक्रमित रहेका छन्। दिनप्रतिदिन बढ्दै गैरहेको मृत्युदर भने २१ प्रतिशत पुगिसकेको छ।