चैत्र २५, पहिलो नेपाल –
कोरोना भाइरस संक्रमण रहेका बेलायतका प्रधानमन्त्री बोरीस जोनसनलाई अस्पताल भर्ना गरिएको छ। विगत १० दिनदेखि आइसोलेसनमा रहेका प्रधानमन्त्री जोनसोनलाई अस्पताल भर्ना गरि अक्सिजन दिन सुरु गरिएको छ। उनलाई आइतबार साँझ लण्डनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।उनी डाउनिंग स्ट्रीट नजिकै सेन्ट थेम्ममा नाटकीय रूपमा भर्ना भएपछि प्रधानमन्त्रीको अवस्थाबारे चिन्ता बढ्दै गएका वेलायती संचारमाध्मले जनाएका छन्। उनको उपचारका खटिएका चिकित्सकहरुले पूर्वसावधानीको लागि अस्पताल भर्ना गरिएको बताएका छन्।