चैत्र २५, पहिलो नेपाल –
कक्षा १२ र ११ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसका कारण चैत ६ गतेबाट हुने एसईई पनि रोकिएको थियो । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो ।
Facebook Comments