चैत्र २५, पहिलो नेपाल –
सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गर्ने निर्णय गरेको हो।यसअघि बैशाख ३ गतेसम्म बन्द गरिएको थियो।बैठकले आन्तरिक उडानलाई भने के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन। आन्तरीक उडान पनि बैशाख ३ गते सम्म बन्द गरिएको छ।
बैठकले कोरोना भाइरसको संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय समेत गरेको छ। समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय पनि गरेको छ।