चैत्र २७, पहिलो नेपाल –
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनबाट प्रभावित विपन्न वर्गलाई वितरण गरिने राहत व्यवस्थित गर्ने अभियानमा सघाउन राजनीतिक दललाई आग्रह गरेका छन्।
नेपाल सरकारको निर्देशिकाअनुसार स्थानीय तहले संयन्त्र बनाएर एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्ने भए पनि सङ्घसंस्थाले आफुखुसी वितरण गर्नेक्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई यस्तो आग्रह गरेका हुन् ।
विभिन्न राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुधबार बुझ्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताउँदै सम्पुर्ण राजनीतिक दललाई सघाउन आग्रह समेत गरेका हुन्।