चैत २७, पहिलो नेपाल –
विराटनगरमा दैनिक ज्याला मजदुरी गर्ने र सडकमा मागेर गुजारा चलाउनेहरुको स्थानीय युवा अभियन्ताहरुको पहलमा स्वास्थ परिक्षण गरिएको छ। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहयोगमा उनिहरुको स्वास्थ परिक्षण गरिएको हो।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको लक्षणलाई ध्यानमा राखी सडक पेटिमा बस्ने मजदुरहरुको प्रारम्भिक स्वास्थ परिक्षण गरिएको हो। सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहयोगमा सडक पेटिमा बस्ने १५९ जना गरिब मजदुरहरुको आईआर थर्मोमिटरबाट ज्वरो नाप्नुका साथै अन्य सामान्य परिक्षण समेत गरिएको अभियन्ता ओसिम आलमले जानकारी दिए। सबैको ज्वरो सामान्य अवस्थामा रहेको पनि उनले बताए।
लकडाउनको समय लम्बिएसँगै सडकमा भौतारिरहेका भोका मानिसलाई विराटनगरमा सामाजिक कार्यमा सक्रिय युवाको समूहले विगत १० दिन अघिबाट निःशुल्क भोजन गराएउँदै आएको छ। हालसम्म ९३० जनालाई खाना खुवाईएको अभियन्ता पेरिस सुबेदीले जानकारी दिए।
अभियानका लागि विभिन्न सहयोगी दाताहरुले चामल र दाल सहयोग गरेका छन्। युवा नेता ओसिम आलमको नेतृत्वमा विराटनगरका सामाजिक अभियन्ता पेरिस सुवेदी, दिपेन मरिक, पप्पु अन्सारी, संरक्षण देवकोटा , भवेश पौडेल , गणेश शाह, चिरञ्जीवी आचार्य , गोपाल देबकोट, संजय श्रेष्ठ ,रुपेश दास , भुसन पोमो लिम्बू, सैमन श्रेष्ठ, सन्जु सापकोटा , दिपेन्द्र मेहता, एमडी रेहान लगायतले निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन्। अभियानका लागि खाना बनाउन कमल श्रेष्ठ , यसिर घिमिरे र अब्दुल रहमानले सहयोग गर्दै आएका छन्।