चैत्र २७, पहिलो नेपाल –
सरकारले शुक्रवार र शनिबार काठमाडौबाट घर जान दिने निर्णय नगरेको बताएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय नभएको बताएका हुन्।
यसअघी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले शुक्रबार र शनिबार काठमाडौबाट बाहिर जान दिने निर्णय भएको भनी सञ्चार माध्यममा सार्वजनिक भएको थियो।
Facebook Comments