चैत्र २८, पहिलो नेपाल –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या ९६ हजारको हाराहारीमा पुगेको छ। हालसम्म विश्वभर मृतकको संख्या ९५ हजार ६ सय ९२ जना पुगेको छ। त्यस्तै संक्रमितको संख्या १६ लाख नाघिसकेको छ।
महामारीका कारण अमेरिकामा एकैदिन २ हजार जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजारको मृत्यु भएको हो। यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ।
कोरोना भाइरस सम्बन्धि निरन्तर अपडेट दिईरहेको वोल्डिमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा विश्वभर ७ हजार २ सय ३४ जनाको मृत्यु भएको छ। त्यस्तै ८५ हजार २ सय ७१ जना नयाँ संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा फ्रान्समा १३ सय ४१ जनाको मृत्यु भएको छ। त्यस्तै स्पेनमा ६ सय ५५ जनाको मृत्यु भएको छ। इटालीमा ६ सय १०, बेलायतमा ८ सय ८१, जर्मनीमा २ सय ५८, बेल्जियममा २ सय ८३, नेदरल्यान्डमा १ सय ४८ जनाको मृत्यु भएको छ।
अमेरिकामा तिव्र गतिमा फैलिएको भाइरस पछिल्लो २४ घण्टामा मात्र ३३ हजार नयाँ संक्रमित भेटिएका छन्। अमेरिका संक्रमितको संख्या अहिलेसम्म ४ लाख ६८ हजार नाघीसकेको छ। त्यस्तै स्पेनमा १ लाख ५३ हजार, इटालीमा १ लाख ४३ हजार, जर्मनीमा १ लाख १८ हजार र फ्रान्समा १ लाख १७ हजार संक्रमित पुगिसकेका छन्।