चैत्र २८, पहिलो नेपाल –
शुक्रवारबाट प्रदेश १ को राजधानी विराटनगरबाट कोरोना परिक्षण हुने भएको छ। प्रदेश १ सरकारले विराटनगरमा कोरोना भाइरस संक्रमितको उपचारका लागि स्थापना गरेको अस्पतालबाट नै कोरोना परीक्षण हुने बताएको छ। कोशी अस्पतालको शाखाको रुपमा स्थापना भएको कोरोना बिशेश अस्पतालबाट परिक्षण हुनेछ।
परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट किटसहित काठमाडौंको वीर अस्पतालबाट प्रविधि विज्ञसहितको टोली बिहिवार नै विराटनगर आएकाले शुक्रबारबाट परीक्षण सुरु गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले जनाएको छ। यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मात्र कोरोना परिक्षण हुँदै आएको थियो।