चैत्र २८, पहिलो नेपाल –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ८३ जना नेपाली नागरिक संक्रमित भएका छन्। कोरोनाका कारण विभिन्न देशमा ८ जना नेपालीको ज्यान गएको छ भने उपचारपछि ७ जना (नेपालमा १, बेलायतमा १, साउदीमा ३ र युएईमा २) निको भएका छन्।
हालसम्म बहराइनमा २२ जनालाई कोरोना संक्रमण भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।बहराइनपछि पोर्चुगलमा १४ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। त्यस्तै युनाइटेड अरब इमिरेट्समा १२ जना, अस्ट्रेलियामा ८ जना, साउदीमा ४ जना ,बेलायतमा ३ जना, कुवेतमा ३ र मलेसियामा १ नेपालीमा कोरोना संक्रमण देखिएको छ। यसैगरी कतारमा २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
नेपालमा विभिन्न मुलुक पुगेर फर्किएका ८ र ती संक्रमितको सम्पर्कमा आएका गरेर ९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न मुलुक पुगेर फर्र्किएको अवस्थाका ८ जना र संक्रमतिको सम्पर्कमा आएर कोरोना संक्रमण भएका १ जना गरी ९ जनामा कोरोना पुष्टि भएको हो।
युनाइटेड अरब इमिरेट्समा कोरोनाका कारण १ जना महिलाको ज्यान गएको छ। अमेरिकामा हालसम्म ५ जना नेपालीको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ। त्यस्तै बेलायतमा २ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ।