• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मोरङ प्रहरीद्वारा लकडाउन थप कडाई, यस्तो छ मोरङ प्रहरीको सुचना :

by पहिलो नेपाल
२९ चैत्र २०७६, शनिबार १४:३३
मोरङ प्रहरीद्वारा लकडाउन थप कडाई, यस्तो छ मोरङ प्रहरीको सुचना :

चैत्र २९, पहिलो नेपाल –
मोरङ प्रहरीले जिल्लाभर लकडाउनलाई कडा बनाएको छ। लकडाउनलाई बेवास्ता गरेर सर्वसाधारण बिनाकाम बाहिर निस्कन थालेपछि शनिबारबाट जिल्लाभर थप कडाई गरिएको हो।

विराटनगरमा शुक्रबार साँझदेखि लकडाउन थप कडाई गर्ने भन्दै माइकिङ गरेको थियो। शनिबार विराटनगरका विभिन्न ठाउँमा बिनाकारण बाहिर निस्किएका सर्वसाधारणलाई सडकमै केही समय होल्ड गराईएको छ। त्यस्तै सवारी साधनलाई समेत राखिएको छ।

मोरङ प्रहरीका एसपी विश्व अधिकारीले मोरङका बासिन्दालाई शनिबारबाट मोरङमा गरिने गतिविधिबारे यस्तो सुचना दिएका छन् ।

मोरङ प्रहरीका अनुसार
————————–
१. शनिबार बिहान ८ः०० बजेदेखि १२ः०० बजेसम्म र साँझ १६ः०० बजेदेखि १९ः०० बजेसम्म लक डाउनको पूर्ण पालनाको अनुगमन तथा कार्यान्वयनका लागि जिल्लाभरी नियमित बाहेक थप प्रहरी जनशक्तिको परिचालन गरिनेछ ।

२. हालसम्म ‘प्रहरीको साथी म’ अन्तरगत वडा वडामा गठित प्रहरीका साथीहरु समेत परिचालित रहनेछन् ।

३. कोरोना भाईरसको संक्रणबाट सुरक्षित रहन व्यक्तिगत र सामूहिक सुरक्षाका सबै उपायहरु अबलम्बन गर्दै अपरिहार्य वा अत्यावश्यक वा ननिस्की नहुने अवस्थामा बाहेक घरबाट ननिस्किनु लकडाउनको पालना हो । प्रहरीले माईकिङ लगायतका माध्यमबाट लक डाउनको पालना गर्न अनुरोध गरी रहेको छ । आम सूचना र अनुरोधका बाबजूद लक डाउन उल्लघंन गर्ने व्यक्ति र सवारी साधनलाई नियन्त्रणमा लिईनेछ । संक्रामक रोगसंग प्रचलित कानुन अनुसार दोषीलाई कैदको दण्ड सजायसम्म हुन सक्छ ।

४. स्वास्थ सेवा लगायत तोकिएका अत्यावश्यक सेवासंग सम्बद्ध व्यक्ति र तोकिएको निकायबाट पास जारी गरिएका व्यक्ति र सवारी साधन उपर यो व्यवस्था लागू हुनेछैन् । तथापि यहाँहरुलाई पनि यथासंभव लक डाउनको पालना गर्न अनुरोध गरिएको छ ।

५. स्थानीय तहबाट राहत बितरण हुन बाँकी वडामा राहत बितरणको अवधिमा मात्र यो व्यवस्था लागू हुने छैन् । तथापि राहत संकलनका लागि एक परिवारबाट मात्र एक जना आई राहत लिईसकेपछि तत्काल घर फर्किन अनुरोध गरिएको छ ।

६.हालको आवश्यकतालाई मघ्यनजर राख्दै अनुशासित रुपमा सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई राहत बितरणलाई सभ्य, मर्यादित व्यवस्थित र उदाहरणीय बनाउन संक्रामक रोगबाट आफु सुरक्षित रहुनु पर्ने कुरालाई आत्मसात् गर्दै उच्च मनोबलका साथ स्थानीय निकायलाई उच्चतम् सहयोग, सहकार्य र समन्वय गर्न मातहत प्रहरी ईञ्चार्ज र सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशित गरिएको छ ।

७. राहत बितरण गरिने ‘प्रहरीको साथी म” गठनको क्रममा रहेका वडामा तत्काल राहत बितरणलाई व्यवस्थित बनाउन अन्य वडामा गठित प्रहरीका साथीहरुलाई परिचालन गरिनेछ ।

८. विश्वभरी फैली रहेको कोरोना भाईरसको संक्रमणबाट आफु पनि बाचौं, अरुलाई पनि बचाऔं । यो दायित्व प्रहरीको मात्र नभई हामी प्रत्येकको हो, हरेकको हो । यहाँहरु कै सूरक्षाको लागि यो परिस्थितिमा पनि प्रहरी बाटो बाटोमा छ । आउनुहोस् यो जीवन बचाउन प्रहरीसंगै हामी पनि एकजुट होऔं । लकडाउनको पालना गरौ । “प्रहीको साथी म” बनौं ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२९ चैत्र २०७६, शनिबार १४:३३
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२९ चैत्र २०७६, शनिबार १४:३३

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२९ चैत्र २०७६, शनिबार १४:३३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२९ चैत्र २०७६, शनिबार १४:३३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२९ चैत्र २०७६, शनिबार १४:३३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२९ चैत्र २०७६, शनिबार १४:३३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२९ चैत्र २०७६, शनिबार १४:३३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.