चैत्र २९, बिराटनगर –
समाजसेवी लक्ष्मण घिमिरेले लकडाउनको बेला सडकमा खटिने प्रहरिलाइ माक्स, खाजा र सेनिटाइजर वितरण गरेका छन्। उनले लायन्स क्लब अफ बिराटनगर युनिकको सहयोगमा सडकमा खटिने सुरक्षाकर्मीलाई माक्स, सेनिटाइजर र खाजा बितरण गरेका हुन् ।
लकडाउनमा दिनभरी विभिन्न ठाउँमा खटिएका प्रहरीहरुलाई सहयोग गर्ने भावना साथ खाजा र माक्स लगाएतका सामाग्री सहयोग गरिएको समाजसेवी लक्षमण घिमिरेले जानकारी दिए। पुस्पलाल चोक देखि रोडसेस चोक सम्म खटिने सय जना प्रहरिलाइ उक्त सामाग्री हस्तान्तरण गरिएको घिमिरेले बताए।
महेन्द्र मोरङ क्यामपस अनेरास्ववियुका अध्यक्ष नवीन पहाडी र अन्य लायन्सकर्मीको उपस्थिति मा उक्त सामाग्री हस्तान्तरण गरिएको हो।