चैत्र २९, विराटनगर –
प्रदेश १ प्रगतिशील इन्जिनियरिङ संघ (पिन) ले प्रदेश सरकारलाई कोरोना भाइरस (कोभिड १९) को स्वाब संकलन केन्द्र दिएको छ। कोशी अस्पतालमा राख्ने गरि स्वाब संकलन केन्द्र प्रदेश सरकारलाई दिईएको हो।
स्वाब संकलन केन्द्र प्रदेश सरकारलाई सहयोग स्वरुप दिईएको पिनका प्रदेश १ सदस्य इन्जिनियर विभश मिश्रले जानकारी दिए। १ लाख १ हजार ५ सय ७५ रुपैयाँ लागतमा तयार पारिएको उक्त स्वाब संकलन केन्द्र आइतबार प्रदेश सरकारलाई हस्तान्तरण गरिने मिश्रले जानकारी दिए। उक्त केन्द्रमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनलगायतको विशेषता रहेको समेत मिश्रले वताए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस परिक्षणको लागी स्वाब संकलनमा सहज होस भनेर प्रदेश सरकारलाई सहयोग गरिएको पिन प्रदेश १ का सदस्य इन्जिनियर पवन झाले बताए। साथै उनले स्वाब संकलन केन्द्र अत्याधुनिक प्रविधिको रहेको बताए।
इन्जिनियरहरु विवश मिश्र, पवन झा, बिक्रम केसि, सम्पुर्ण आचार्य र दिपक पौडेलको नेतृत्वमा कोरोना स्वाब संकलन केन्द्र तयार पारिएको हो।