?वैशाख १, विराटनगर –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो समय निको हुनेको संख्या सुधारात्मक रहेको छ। हालसम्म ४ लाख २३ हजार ५ सय ५४ जना उपचार पछि निको भएका छन्।
यो समाचार तयार पर्दासम्म विश्वभर १८ लाख ५३ हजार संक्रमित पुगेका छन् भने १ लाख १४ हजार २ सय ४७ जनाले ज्यान गुमाएका छन्। कुल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या २१ प्रतिशत हो।
त्यस्तै १३ लाख १५ हजार ३ सय ५४ जनामा संक्रमण यथावत छ। जसमध्ये ५० हजार ७ सय ५७ जना गम्भीर अवस्थाका संक्रमित छन्। यो अहिले यथावत भएका संक्रमित मध्ये ४ प्रतिशत हो। सक्रिय संक्रमित मध्ये ९६ प्रतिशत अर्थात १२ लाख ६४ हजार ५ सय ९७ जना सामान्य अवस्थाका संक्रमित छन्।