बैशाख १, विराटनगर –
कैलालीमा एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। पहिलो -यापिट टेष्ट परीक्षणमा नेगेटिभ देखिए पनि काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको हो ।
भारतबाट वीरगञ्ज हुँदै कैलाली पुगेकी ६५ वर्षीया महिलालाई संक्रमण देखिएको हो। २८ चैतमा -यापिट टेष्ट परीक्षणमा नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको थियो । तर, काठमाडौं ल्याएर गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
शनिबार मात्रै वीरगञ्जमा तीन जना भारतीयमा कोरोनाको संक्रमण देखिएको थियो । संक्रमित मध्ये एक जना निकाे भएका छन् ।