वैशाख २, काठमाडौं –
आज ११ बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन। बैठक कोरोना भाइरसको संक्रमण र त्यसको रोकथामका लागि के गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ।
सरकारले घोषणा गरेको लकडाउनको समय भोलि सकिँदैछ। आज बस्ने बैठकलले लकडाउन लम्ब्याउन सक्ने संभावना छ। भारतमा संक्रमितको संख्या तिव्र गतिमा फैलिँदै गएका कारण नेपालमा झन खतरा छ। नेपालमा पनि संक्रमितको संख्या दैनिक बढ्दै गैरहेका कारण तत्काल लकडाउन नखुल्ने संभावना देखिन्छ ।
शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेसन गरेका थिए। मुख्यमन्त्रीहरुले पनि प्रधानमन्त्री ओलीलाई लकडाउनको समय थप गर्न सुझाव दिएका थिए। उनीहरुले लकडाउन बढाउनुको विकल्प नरहेको बताएका थिए।