वैशाख २, विराटनगर –
भातरमा लकडाउनको अवधि ३ मे अर्थात वैशाख २१ सम्मका लागि बढाइएको छ । भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लकडाउन बढाउने निर्णय गरेका हुन् ।
विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको बताउँदै मोदिले आर्थिक दृष्टिबाट हेर्दा लकडाउन निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग तुलना गर्न नसकिने बताए ।यसअघि भारतले घोषणा गरेको लकडाउनको अवधी आज सकिँदै थियो।
यसैविच नेपालमा पनि लकडाउनको अवधी एक साता थप्ने तयारी भैरहेको बुझिएको छ। आज विहान ११ बजेका लागि प्रधानमन्त्री केपि शर्मा ओलिले मन्त्रीपरिषद वैठक बोलाएका छन्। मन्त्रीपरिषद्को बैठकले लकडाउनको अवधी एक साता थप गरेर वैशाख १० गतेसम्म लम्ब्याउने तयारी भैरहेको छ।