वैशाख २, काठमाडौ –
सरकारले लकडाउन १२ दिन बढाउने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले वैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाईएको हो।
भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ।
Facebook Comments