वैशाख ३, विराटनगर –
विश्वव्यापी महामारीको कारण अमेरिकामा एकैदिन २४ सय भन्दा बढिको मृत्यु भएको छ। यो एउटै देशमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको अहिलेसम्मकै उच्च हो।
वोल्डोमिटर्सका अनुसार मंगलबार अमेरिकामा २ हजार ४ सय ७ जनाको मृत्युु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार भन्दा बढी पुगेको छ।
त्यस्तै अमेरिकामा मंगलबार मात्र २५ हजार ३ सय ७७ जना नयाँ संक्रमित भेटिएका छन्। अमेरिकामा संक्रमितको संख्या ६ लाख १३ हजार पुगेका छन्।
कोरोना महामारीका कारण विश्वभर १ लाख २६ हजार ५ सय ३२ जनाको मृत्यु भैसकेको छ। त्यस्तै २० लाखको हाराहारीमा संक्रमित पुगिसकेका छन् भने ४ लाख ६७ हजार उपचार पछि निको भएका छन्।